PahiloPost

Jun 7, 2025 | २५ जेठ २०८२

निर्वाचनका लागि आजदेखि नौ दिन मुग्लिन नारायणगढ सडक बन्द नहुने



पहिलोपोस्ट

निर्वाचनका लागि आजदेखि नौ दिन मुग्लिन नारायणगढ सडक बन्द नहुने

चितवन : आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरी आजदेखि जेठ ३ गतेसम्म मुग्लिन– नारायणगढ सडक बन्द नहुने भएको छ। राजधानी जोड्ने मुख्य नाकाका रुपमा रहेको सडक–खण्ड आजदेखि ९ दिन बन्द नहुने भएको हो।

मतदाताको आवातजावत सहज बनाउन सडक बन्द नगर्ने निर्णय भएको आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए। 

आयोजनाले अहिले कामलाई प्राथमिकता दिएर बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गर्दै आइरहेको थियो। सडक–खण्डमा भएर दैनिक सयौँ सवारी साधन आवातजावत हुने गरेका छन्। 

सन् २०१७ अप्रिलसम्म काम सम्पन्न गर्ने गरी सडकलाई चार लेनमा विस्तार गर्ने काम भइरहेको छ। आयोजनाले चैत १५ देखि दैनिक ५ घण्टा सडक बन्द गर्दै आएको थियो ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell