PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

जन्ती बोकेको जिप पल्टिँदा एकको मृत्यु, नौ जना घाइते



पहिलोपोस्ट

जन्ती बोकेको जिप पल्टिँदा एकको मृत्यु, नौ जना घाइते

चन्द्रौटा : कपिलवस्तुमा गएराति जन्ती बोकेको जिप पल्टिँदा एकको मृत्यु र नौ जना घाइते भएका छन्। कपिलवस्तुको कृष्णनगर नगरपालिका डेबरादेखि बहादुरगन्ज आउने क्रममा सवारी जिप पल्टिँदा डेबरा निवासी ३७ वर्षीय पप्पु पासीको दुर्घटनास्थलमा मृत्यु भएको हो।

युपी ५५ टि ०४९५ नम्बरको भारतीय जिप राति ९ बजे जन्ती लिएर डिजे बजाउँदै आउने क्रममा दुर्घटना भएको थियो। पासीको डिजेले च्यापिएर ज्यान गएको स्थानीयले बताएका छन्। 

घाइतेको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बहादुरगन्जका प्रहरी सहायक निरीक्षक दिपेन्द्र गिरीले बताए। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell