PahiloPost

May 14, 2025 | १ जेठ २०८२

आइपीएल : नारिनको कीर्तिमानी अर्धशतकमा कोलकताको जित



पहिलोपोस्ट

आइपीएल : नारिनको कीर्तिमानी अर्धशतकमा कोलकताको जित

सुनिल नारिनले आइपीएल इतिहासमा सबैभन्दा छिटो अर्धशतक पूरा गर्ने युसुफ पठानको कीर्तिमान बराबरी गरेपछि कोलकता नाइट राइडर्सले रोएल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गरेको छ। नारिनले १५ बलमा अर्धशतक बनाउँदै पठानको रेकर्ड बराबरी गरेको हो।

जितपछि १२ खेलबाट १६ अंक जोडेको कोलकता अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ र प्लेअफ नजिक पुगेको छ।

नारिनको कीर्तिमानी अर्धशतक र पावरप्लेमा कीर्तिमानी १०५ रन बनाएपछि कोलकताले १५९ रनको लक्ष्य १५ दशमलव १ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो।

कोलकताका लागि नारिनले १७ बल खेल्दै ६ चौका र ४ छक्काको मद्दतमा सर्वाधिक ५४ रन बनाए। नारिन र क्रिस लिनले ६ ओभरमा १०५ रन बनाएर पावरप्लेमा सर्वाधिक रन बनाउने कीर्तिमान बनाए।

लिनले २२ बलमा ५ चौका र ४ छक्को मद्दतमा ५० रन बनाए भने कोलिन डे ग्राण्डहोमले २८ बलमा ३१ रन जोडे। बैंगलोरका पवन नेगीले २ विकेट लिए।

त्यसअघि चिनास्वामी स्टेडियममा कोलकताले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको घरेलु टोली बैंगलोरले ट्रेभिस हेडको नटआउट ७५ रनको मद्दतमा ६ विकेट गुमाउँदै १५८ रन बनाएको थियो। 

४७ बल खेलेका हेडले ३ चौका र ५ छक्का प्रहार गरे। यस्तै मन्दीप सिंहले ५२ रन बनाए।

कोलकताका उमेश यादवले ३ तथा सुनिल नारनिले २ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell