PahiloPost

May 14, 2025 | १ जेठ २०८२

आइपीएल : पञ्जावको प्लेअफ यात्रामा गुजरातको धक्का, अमलाको शतक ओझेलमा



पहिलोपोस्ट

आइपीएल : पञ्जावको प्लेअफ यात्रामा गुजरातको धक्का, अमलाको शतक ओझेलमा

किंग्स इलाभेन पञ्जावको जारी आइपिएलको प्लेअफमा पुग्ने सम्भावना कमजोर भएको छ। गएराति गुजरात लायन्ससँग ६ विकेटले पराजित भएसँगै पञ्जावको प्लेअफको सम्भावना कमजोर बनेको हो। 

हारसँगै जारी सिजनमा पञ्जावका लागि दोस्रो शतकीय इनिङ खेलेका हसिम अमलाको शतक पुनः एकपटक ओझेलमा परेको छ। ११ खेल खेलेको पञ्जावको ५ जितसहित १० अंक छ।

मोहालीमा टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जावले अमलाको शतकीय इनिङको मदतले १८९ रन बनाएको थियो। पञ्जावको इनिङमा शन मार्सले ५८ रनको योगदान दिए। 

१९० रनको लक्ष्य पछ्याएको गुजरातका लागि ओपनर ड्वान स्मिथ र इशान किशनले पहिलो विकेटका लागि ९१ रनको साझेदारी गरेका थिए। गुजरातका लागि स्मिथले ७४ र किशनले २९ रनको योगदान दिए। गुजरातको इनिङमा कप्तान सुरेश रैनाले ३९ र दिनेश कार्तिकले नटआउट ३५ रनको योगदान दिए।

बलिङतर्फ पञ्जावका सन्दीप शर्माले दुई विकेट लिए। गुजरातका वसिल थम्पी, धावल कुलकर्नी र प्रदीप सान्गवानले समान एक÷एक विकेट लिए।    
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell