PahiloPost

May 14, 2025 | १ जेठ २०८२

यस्तो छ उत्तर कोरियाको परमाणु संयन्त्र 



पहिलोपोस्ट

यस्तो छ उत्तर कोरियाको परमाणु संयन्त्र 

अमरिकी परमाणु वैज्ञानिक सीफ्रीड हिकर त्यस्ता विशेष व्यक्ति हुन जसलार्इ उत्तर कोरियाले आफ्नो परमाणु संयन्त्र हेर्न बोलाएको थियो।

 हिकरले  बीबीसीको एक रेडियो कार्यक्रम मा आफ्नो सन् २०१०को यात्राबारे याद गर्दै उत्तर कोरियाको परमाणु कार्यक्रमबारे जानकारी दिएका छन्। 

यस भन्दा पहिला  विश्वका कुनै बाहिरी मानिसले उत्तर कोरियाको परमाणु प्रतिष्ठानलार्इ यति नजिकवाट देखेको थिएन। 
उनको यस यात्राबाट उत्तर कोरियाको परमाणु कार्यक्रमका बारेमा संसारभरि व्यापक जानकारी भएको थियो। 

हिकर सम्झिन्छन्,‘सबैभन्दा पहिला त म धेरै चकित  परेको थिएँ किनकी मैले यस्तो भवनमा गएको थिएँ जसमा म पहिला पनि गएको थिएँ अहिले त्यो भवनमा धेरै परिर्वतन देख्न सकिन्थ्यो।”

उत्तर कोरियाको चुनौती
हिकरले भने, ‘हामी दोस्रो तलामा गयौं र निरीक्षण गर्ने झ्यालबाट तल ठूलो बैठक कोठा देखियो जसमा दुई हजार धातुका सिलिण्डर थिए जसलार्इ एक अर्कासँग जोडिएको थियो।’

सिलिण्डरहरु सेन्ट्रिफ्यूज थिए जुन प्राकृतिक यूरेनियमलार्इ परमाणु बममा प्रयोग लायक बनाउनका लागि प्रयोग गरिन्छ। 
हिकर सम्झिन्छन, ‘म  अच्चम्मित थिएँ मेरो मुख खुल्लाको खुल्लै परेको थियो। किनभने मलार्इ यति बढी क्षमता भएको प्रतिष्ठानलार्इ देख्न पाउने आसा थिएन।’


हिकरले परमाणु प्रतिष्ठानको नियन्त्रण कक्ष पनि देखे जसमा पुराना जमानाको चार्ट र डायल गरेको ठाउँ नयाँ प्रविधिको लेन्स स्क्रीन थियो। 
हिकर सम्झिन्छन,‘स्पष्ट भनुँ भने यो यस्तो थियो कि उत्तर कोरिया संसारलार्इ भनिरहेको थियो, अब हामी प्लूटोनियम बम मात्र बनाउन सक्दैनौं अत्याधिक समृद्ध यूरेनियम बमपनि बनाउन सक्छौं।’

यूरेनियम बमहरु सजिलै र छिटो बनाउन सकिन्छ। अझै पुरा कुरा उनको अगाडि आएको थिएन भनेर उनलार्इ थाहा थियो।

हिकर भन्छन्,‘म यो नतिजामा पुगेको छु कि उत्तर कोरयाको यो क्षमता यस्तै दोस्रो परमाणु प्रतिष्ठान बिना उनीहरुले हासिल गर्न सक्दैनन्।’
(बीबीसी हिन्दीबाट)
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell