PahiloPost

May 14, 2025 | १ जेठ २०८२

प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड आर्सनलसँग पराजित, लिभरपुल बराबरीमा रोकियो



पहिलोपोस्ट

प्रिमियर लिग : म्यानचेष्टर युनाइटेड आर्सनलसँग पराजित, लिभरपुल बराबरीमा रोकियो

प्रिमियर लिग अन्तर्गत गएराती भएको खेलमा लिभरपुल साउथह्याम्पटनसँग बराबरीमा रोकिएको छ। अर्को खेलमा आर्सनलले म्यानचेष्टर युनाइटेडलाई २-० ले पराजित गरेको छ।

बराबरीपछि लिभरपुल म्यानेचष्टर सिटीलाई पछि पार्दै तेस्रो स्थानमा उक्लेको छ। घरेलु मैदान एनफिल्डमा भएको खेलमा लभरपुलले साउथह्याम्पटनसँग गोलरहित बरारी खेल्दै अंक बाँडेको हो।

३६ खेलबाट लिभरपुलको ७० अंक भएको छ भने एक खेल कम खेलेको सिटी ६९ अंकका साथ चौथो स्थानमा छ।

यता युनाइटेडलाई हराएपछि आर्सनलले शीर्ष चारमा पर्ने सम्भावना कायमै राखेको छ। आर्सनलको जितमा ग्रान्ट जाका र ड्यानी वेलब्याकले दोस्रो हाफमा तीन मिनेटको अन्तरमा गोल गरे।

जाकाले ५४औ तथा वेलब्याकले ५७औं मिनेटमा गोल गरे। वेलब्याकले आफ्नै पूर्व क्लब विरुद्ध गोल गरेसँगै युनाइटेडको २५ खेलको अपराजित यात्रा समेत टुङ्गिएको छ।

जितपछि आर्सनलले युनाइटेडसँगको अंक दुरी २ मा झारेको छ र आर्सनले अझै उक खेल कम खेलेको छ। ३५ खेलबाट ६५ अंक जोडेको युनाइटेड पाँचौ तथा ३४ खेलबाट ६३ अंक रहेको आर्सनल छैटौँ स्थानमा छ।

३४ खेलबाट ८१ अंकका साथ चेल्सी शीर्ष स्थानमा छ र उपाधि जित्नबाट ६ अंकले मात्र पछि छ।चेल्सीले आज राती घरेलु दानमा मिडल्स्ब्रोसँग खेल्दैछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell