PahiloPost

May 14, 2025 | १ जेठ २०८२

​​​​​​​विद्यासुन्दरलाई भोट माग्दै केपी ओली, राजुराजको अभियानमा प्रकाशमान सिंह



पहिलोपोस्ट

​​​​​​​विद्यासुन्दरलाई भोट माग्दै केपी ओली, राजुराजको अभियानमा प्रकाशमान सिंह

काठमाडौँ : काठमाडौँ महानगरपालिकाको मेयर पदका आकांक्षीहरुका लागि मत माग्न केन्द्रीय नेताहरु नै घरदैलोमा जुटेका छन्। 

सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली काठमाडौँमा पार्टीका मेयर उम्मेद्वार विद्यासुन्दर शाक्यका  लागि मत माग्न लगनटोलमा घरदैलोमा जुटे। ओली स्थानीय तह निर्वाचनका लागि भक्तपुरका मतदाता हुन्। 

उनी लगनटोलमा पुगेर चुनावी सभामा कार्यकर्तालाई सम्बोधन समेत गरे। उनले एमालेको प्रमुख प्रतिष्पर्धी कांग्रेसको आलोचना गरे। साथै कांग्रेसले उद्योगहरु समाप्त पारेको आरोप लगाए भने सत्ता बाँदरको हातमा नरिवल भएको टिप्पणी पनि गरे। लगत्तै ओली घरदैलोमा हात जोड्दै मत माग्न जुटे। ओलीको साथमा पूर्व मेयर केशव स्थापित समेत साथमै थिए।

मेयरका उम्मेद्वार विद्यासुन्दरले भ्रष्ट्राचारबाट काठमाडौँ महानगरलाई मुक्त पार्ने दावी उनको थियो। 

त्यस्तै कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंह पनि मत माग्न घरदैलोमा जुटेका छन्। उनी काठमाडौँ महानगरकै मतदाता समेत हुन्। सोमबार बिहान ठमेल स्थित १६ नंम्बरमा उनले मत मागे। सिंह काठमाडौँका मेयरका प्रत्यासी राजुराज जोशीलाई भोट माग्न घरदैलोमा निस्किएका हुन्।

उनले कांग्रेसले मात्र काठमाडौँको विकास र सम्बद्धन गर्न सक्ने दावी गरे। उनले कांग्रेसले नेपालको हरेक राजनीतिक परिवर्तनमा भूमिका खेलको दाबी गरे।

उनले काठमाडौँ महानगरको विकासले आवश्यक गति लिन नसकेकाले राजनीतिक परिवर्तन गर्नेले अब आर्थिक विकास गर्ने बताए। 




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell