
काठमाडौं: गत वर्ष जन्मदिनको दिनमा फिल्म 'रोमियो' घोषणा गरेका थिए अभिनेता हसन खानले। अभिनेता सँगै फिल्म निर्माताको भूमिकामा पनि आफूलाई खडा गर्न तम्सिएका उनले नारायण पुरीले फिल्म निर्देशन गर्ने समेत बताए। तर फिल्म घोषणा गर्दाको कुराहरु पुरा भने भएनन्।
फिल्मलाई संकर कार्कीले निर्देशन गरे। मङ्सिरमा नै प्रोडक्शनको काम सक्काएको फिल्म युनिटले पोस्ट प्रोडक्शनको काम सक्किए लगत्तै फिल्म बैशाक १९ मा सार्वजनिक गर्ने घोषणा भयो। नयाँ वर्षको पहिलो महिनानै रिलिज टार्गेट गरेको फिल्मले तोकिएको समयमा फिल्मा रिलिज नगर्ने भएको छ।
सोसियो रोमान्टिक ड्रामा अब साउन २७ मा मात्र सार्वजनिक हुने भएको छ। फिल्म प्रदर्शन मिती सरेको बारे फिल्मको निर्माता एवं कलाकार हसन खानले जानकारी दिएका हुन्। निर्माता हसन चुनावलाई फिल्म सर्नुको मुख्य कारण भएको बताए।
पहिलो मुस्लिम अभिनेता भनिएका हसनको फिल्ममा पहिलो मुस्लिम अभिनेत्री ओसिमा बानुले डेब्यु गर्दै छिन्। फिल्ममा निशा अधिकारी, मेलिना मानन्धर, भानु प्रताप, बिकास खतिवडा, बिपेन गुरुङ लगायत कलाकारको मुख्य अभिनय रहेको छ।
गत वर्षनै रिलिज टार्गेट गरेर निर्माण भएको ग्याङस्टर ब्लुज, पर्व, कृ, छक्कापञ्जा २ लगायतले पनि आफ्नो प्रदर्शन मिति सारी सकेका छन्।