PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

अमिताभ बच्चन र ऋषि कपूर बुवा छोरा बन्दै



पहिलोपोस्ट

अमिताभ बच्चन र ऋषि कपूर बुवा छोरा बन्दै

बलिउडका दुई पाका  अभिनेता ऋषी कपूर र अमिताभ बच्चन पुन: एकै साथ पर्दामा देखिने भएका छन्। २६ वर्षको अन्तराल पछि बलिउडका अभिभावकहरु बाबु छोराको भूमिकामा देखा पर्न लागेका हुन्।

'१०२ नट आउट'मा अभिताभ बुवा र ऋषी छोरा बन्दै छ्न् । बुवा पात्रको उमेर १०२ र छोरा पात्र ७५ वर्षिय प्रस्तुत हुनेछन्। फिल्म गुजराती उपन्यासमा आधारित हुने बलिउड हंगामाले जनाएको छ।

यी दुई अभिनेता शशी कपूरको निर्देशनमा बनेको अजुबामा एकसाथ देखिएका थिए। फिल्म सन्  १९९१मा प्रदर्शनमा आएको थियो।

उमेश सुक्लाको निर्देशन रहने फिल्म २०१७ को अन्त्यमा छायांकनको लागि फ्लोरमा उत्रने छ।

फिल्ममा परेश रावालको पनि अभिनय रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell