PahiloPost

May 14, 2025 | १ जेठ २०८२

कांग्रेस काठमाडौं महानगरका मेयरका उम्मेदवारको घोषणापत्रः फ्रि वाइफाइदेखि फ्लाईओभरसम्म



पहिलोपोस्ट

 कांग्रेस काठमाडौं महानगरका मेयरका उम्मेदवारको घोषणापत्रः फ्रि वाइफाइदेखि फ्लाईओभरसम्म

काठमाडौः नेपाली कांग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेद्वारी दिएका राजुराज जोशीले ‘हाम्रो काठमाडौं हाम्रो सम्पदा स्वच्छ, सफा, हराभरा समृद्ध र सुन्दर शहर हाम्रो प्रतिवद्धता’ सहितिको प्रतिवद्धता अगाडि सारेका छन् ।


सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जोशीले १० बुँदे घोषणापत्र सार्वजनिक गरेका हुन् । जोशीले आफू मेयर बनेको केही समयमा नै काठमाडौंलाई धुँलो धुँवामुक्त सहर बनाउने बताए । उनले भने ‘मेरो ठूलो महत्वकांक्षा योजना छैन जनताको आधारभूत आवश्यकता पहिलो प्राथमिकता हो।’

जोशीले ५ बर्षभित्रमा महानगरपालिका बाइफाइ फ्री, ‘फ्लाईओभर’ निर्माण, ट्राफिक जामको समस्या समधान गर्ने , अन्तर्राष्ट्रियस्तरको खेलकुद रङ्गशाला निर्माण, सिसिटिभीको जडान, प्रदूषण नियन्त्रण, सडक विस्तार, खानेपानी पाइप जडान, विद्युतीय सवारी साधनलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने बताए।


काठमाडौं महानगरपालिका उपप्रमुखकी उम्मेदवार हरिप्रभा खड्गीले महानगरभित्र महिलाका समस्या समधान गर्ने बताइन्।  घोषणापत्र सार्वजनिक गर्दै नेपाली कांग्रेसका नेता एवम् पूर्वमहामन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेसको पक्षमा जनलहर बढदै गएकाले जित सुनिश्चित भएको दावी गरे। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell