PahiloPost

May 14, 2025 | १ जेठ २०८२

एपीएफ अत्तरीया कप महिला क्रिकेटको उपाधि नजिक



पहिलोपोस्ट

एपीएफ अत्तरीया कप महिला क्रिकेटको उपाधि नजिक

धनगढी : विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ रुस्लान अत्तरीया कप महिला क्रिकेटको उपाधि नजिक पुगेको छ।

सोमबार भएको पहिलो सेमिफाईनलमा कैलाली जिल्ला क्रिकेट एकेडेमीलाई ८२ रनले हराउँदै एपीएफ फाइनलमा पुगेको हो।

अत्तरीया स्थित एपीएफको खेल मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १५० रन बनायो।

एपीएफकी करुणा भण्डारीले २९ बल खेल्दै एक छक्का र ६ चौकाको मद्दतमा सर्वाधिक ४२ रन बनाइन्। यस्तै विनु वुढामगरले २१ तथा ममता चौधरीले १५ रन बनाइन्।

कैलाली जिल्ला क्रिकेट एकेडेमीका लागि कविता कुँवरले ४ ओभर बलिङ गर्दै २३ रन खर्चेर सर्वाधिक ३ विकेट लिइन्। अञ्जली चन्द र लक्ष्मी साउदले १/१ विकेट लिइन्।

१५१ रनको लक्ष्यका साथ मैदान उत्रेको कैलाली जिल्ला क्रिकेट एकेडेमीले ६८ रन मात्र बनाउन सक्यो। एपीएफको कसिलो वबलिङ सामु कैलाकीका कुनै पनि खेलाडी धेरै समय क्रिजमा टिक्न सकेनन्। नितु भण्डारीले १७ रन जोड्नु बाहेक कैलालीका अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन्।

केलालीलाई कम स्कोरमा रोक्न एपीएफकी विनु वुढामगरले ३ विकेट लिइन्। सरीता मगर र सीता रानामगरले २/२ तथा करुणा भण्डारी र रितु कनौजीयाले १/१ विकेट लिइन्।

एपीएफकी कप्तान विनु वुढामगर 'वुमन अफ द म्याच' घोषित हुँदै ३ हजार नगद हात पारिन्। त्यस्तै खेलमा समान एक छक्का प्रहार गरेकी एपीएफकी करुणा भण्डारी र ईन्दु वर्माले नगद ५/५ सय प्राप्त गरे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell