PahiloPost

May 14, 2025 | १ जेठ २०८२

संरक्षित क्षेत्रको ३७ हजार हेक्टर जङ्गलमा आगलागी



पहिलोपोस्ट

संरक्षित क्षेत्रको ३७ हजार हेक्टर जङ्गलमा आगलागी

काठमाडौंः राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागअन्तर्गत रहेको संरक्षित क्षेत्रमा यस वर्षमात्र ३७ हजार १५३ हेक्टरमा आगलागी भएको छ । 

विभागले दिएको जानकारीअनुसार यसवर्ष १२ राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षण तथा संरक्षण क्षेत्रको ३७ हजार १५३ हेक्टरमा आगलागी भएको हो। 

सबैभन्दा बढी बाँके राष्ट्रिय निकुञ्जको जङ्गलमा ६ हजार आठ सय हेक्टर क्षेत्रफलमा आगलागी भएको छ भने सबैभन्दा कम मनास्लु संरक्षण क्षेत्रको जङ्गलमा पाँच हेक्टर क्षेत्रमा आगलागी भएको छ। 

यस्तै, चितवन राष्ट्रिय निकुञ्ज ६५, बर्दिया राष्ट्रिय निकुञ्ज दुई हजार २६५, लाङ्टाङ राष्ट्रिय निकुञ्ज १५, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सात हजार ४५०, शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज २३, मकालु वरुण राष्ट्रिय निकुञ्ज १३, रारा राष्ट्रिय निकुञ्ज सात, पर्सा वन्यजन्तु आरक्ष २५१, कञ्चनजङ्गा संरक्षण क्षेत्र दुई सय र अन्नपूर्ण संरक्षण क्षेत्रको ५९ हेक्टर क्षेत्रमा आगलागी भएको छ। 

विभागका महानिर्देशक मनबहादुर खड्काले यो वर्ष धेरै पानी परेकाले संरक्षित क्षेत्रमा आगलागी कमी भएको बताए।

यस्तै, वन विभागअन्तर्गत रहेको सामुदायिक तथा राष्ट्रिय वनमा भने यसवर्ष एकदमै थोरै मात्रामा आगलागी भएको छ ।

वन विभागका उपसचिव मोहन काफ्लेले दिएको जानकारीअनुसार सामुदायिक तथा राष्ट्रिय वनमा जम्मा दुई हजार हेक्टरमा मात्र आगलागी भएको छ। 
जङ्गलमा हुने ८० प्रतिशत आगलागी चैत र वैशाखमा हुने गरेको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell