
भनिन्छ, ‘मायामा न उमेरको सीमा हुन्छ न जन्मको बन्धन, बस् माया त माया हुन्छ’
फ्रान्सका नवनिर्वाचित राष्ट्रपति माक्रोन ३९ बर्षका छन् भने उनकी श्रीमती ब्रिजेट ६३ बर्षकी उनीहरुको प्रेम बिवाह भएको थियो।
माक्रोन १५ वर्षको उमेरमा ब्रिजेटको प्रेममा परेका थिए। उत्तरी फ्रान्सको एमिएन्स सहरस्थित जेसुएट विद्यालयमा अध्ययन गरिरहेका माक्रोनसँगै ब्रिजेटकी छोरी पनि अध्ययनरत थिइन्। त्यही विद्यालयमा ब्रिजेट पढाउँथिन्।
त्यो वेला उनकी श्रीमती ब्रिजेट ३९-४० बर्षकी थिर्इन। उनका तीन सन्तान पनि थिए। उनको बिहे २० बर्षकै उमेरमा एक स्थानीय बैंकरसँग भइसकेको थियो।
माक्रोनले विद्यालयको नाटक समुहमा भाग लिएका थिए। एक दिन जब मिलान कुन्दराको किताबमा आधारित नाटक‘जैक एन्ड हिज् मास्टर’मा मुख्य पात्रका रुपमा माक्रोन स्टेजमा आए उनी आउने बित्तिकै उनको नज़र ब्रिजेटमाथि पर्यो ।
एक दिन माक्रोन नाटक लेख्नका लागि ब्रिजेटको नजिक पुगेर बोले ‘हामीसँगै नाटक लेख्न सक्छैँ नी’ उनीहरुको भेट बाक्लिन थाल्यो। लगातारको भेट एक दिन यो कुरा माक्रोनको घरसम्म पुग्यो उनका आमाबुवालार्इ लाग्ये छोरो ब्रिजेटकी छोरीको मायामा परेको छ।
यस्तैमा माक्रोनका आमाबाबुले उनलार्इ पेरिसभन्दा बाहिर लैजाने निर्णय लिए। माक्रोनको जवानी मध्यबिन्दुमा चुलिएको थियो।
कितावको बहाना बनाएर ब्रिजेट माक्रोनको घरमा आउँथिन् र उनका बुवा आमासँग कुरा गर्थिन्। पछि माक्रोनका आमाबुवालार्इ पनि उनीहरुको सम्वन्धका बरेमा थाहा भयो।
उनका आमाबाबुलार्इ छोराको चिन्ता थियो त्यसैले ब्रिजेटलार्इ आफ्नो छोराबाट टाढा हुन सल्लाह दिए। तर, ब्रिजेटले माक्रोनलार्इ कहाँ छोड्न सक्थिन र ? माया जो बसेको थियो।
सोह्र बर्षको उमेरमा माक्रोनले एमिएन्स विद्यालय छोडेर पेरिसमा अध्ययन सुरु गरे। माक्रोन १७ वर्षको हुँदा उनले ब्रिजेटलार्इ श्रीमतीको रुपमा भित्र्याए।
(स्रोत: बीबीसी)