PahiloPost

May 14, 2025 | १ जेठ २०८२

फोटोमा हेर्नुस्, वैशाख ३१ को निर्वाचनका लागि दलहरुको घरदैलो

फोटोमा हेर्नुस्, वैशाख ३१ को निर्वाचनका लागि दलहरुको घरदैलो

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : वैशाख ३१ गते ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा निर्वाचन हुँदैछ। निर्वाचनका लागि ४९ हजार २ सय ३ सय ३२ उम्मेद्वार प्रतिष्पर्धा गर्दैछन्। निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरु मतदातालाई आफू तर्फ आकर्षित बनाउन केन्द्रित छन्। दलहरुले चुनावी सभा, घरदैलो कार्यक्रम देखि, सामाजिक सञ्जाल मार्फत् पनि मतदातालाई आकर्षण गर्न खोजिरहेका छन्। हेर्नुस् विभिन्न जिल्लाका निर्वाचन सम्बन्धित फोटा- 

 
म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटमा बृद्ध महिलालाई घरदैलोमै पुगेर भोट माग्दै नेपाली काँग्रेसको तर्फबाट गाउँपालिका प्रमुखमा उम्मेदवार बनेका भबबहादुर भण्डारी । तस्बिरः कमल खत्री, म्याग्दी,रासस
नेकपा (एमाले) कास्कीले पोखरा-लेखनाथ महानगरपालिकाको वडा नं २७ मा सोमबार आयोजना गरेको चुनावी सभा कार्यक्रममा सहभागी। तस्बिरः निमदत्त सुवेदी, पोखरा, रासस
हिमाली जिल्ला मनाङमा स्थानीय तह निर्वाचनका लागि मत माग्न सोमबार घरदैलो कार्यक्रम गर्दै नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता । तस्बिरः नवीन लामिछाने, मनाङ, रासस
वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि मत माग्न घर दैलो गर्दै नेपाली काँग्रेस कागेश्वरी मनोहरा नगरपालिकाका नेता तथा कार्यकर्ता । तस्बिर ः पूर्णप्रसाद मिश्र, रासस
आगामी ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि घरदैलो अभियानका क्रममा मध्यपुर थिमिका स्थानीयवासीसँग भोट माग्दै एमालेका तर्फबाट मध्यपुर थिमि नगरपालिकाका प्रमुख उम्मेदवार मदनसुन्दर श्रेष्ठ । तस्बिर ः रमेश गिरी, भक्तपुर, रासस
स्थानीय तह निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका म्याग्दी प्रहरीहरु तालिमका क्रममा बेनी बजारमा गस्तीको अभ्यास गर्दै । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा म्याग्दीमा सुरक्षा व्यवस्था सुदृढ बनाइएको छ । तस्बिरः सन्तोष गौतम, म्याग्दी, रासस
हिमाली जिल्ला मनाङमा सोमबार स्थानीय तह निर्वाचनका लागि मत माग्न घरदैलो कार्यक्रम गर्दै नेकपा (एमाले)का नेता तथा कार्यकर्ता । तस्बिरः नवीन लामिछाने, मनाङ ,रासस
कान्तिपथस्थित निर्वाचन आयोग परिसरमा सोमबार स्थानीय तहको निर्वाचनका लागि राखिएका मतदान सामाग्री जिल्ला लैजाने तयारी गरिँदै । तस्बिरः रोशन सापकोटा, रासस
काठमाडौँमा सोमबार काठमाडौँ महानगरपालिकाको प्रमुख पदका लागि उम्मेदवारी दिएका उम्मेदवारसँग छलफल गरिँदै । तस्बिर ः रोशन सापकोटा, रासस
एमालेका काठमाडौँ महानगरका उम्मेद्वार विद्यासुन्दर शाक्य घरदैलोको क्रममा झोछें। फोटो : समर्थ रञ्जित


ट्रेन्डिङ पोस्ट

Ncell