काठमाडौंँ: फिल्म 'ग्याङ्गस्टर ब्लूज' को टिजर सार्वजनिक भएको दुई दिनमा युट्युबको नेपाल ट्रोन्डिङको तेस्रो नम्बरमा आएको छ।
टिजरले रिलिजको केहि घण्टामै युट्युबको नेपाल ट्रेण्डिङको 'टप टेन'मा स्थान जमाएको थियो। सोमबार बिहान सलमान खान अभिनित फिल्म 'ट्युवलाईट' टिजर ४ नम्बरमा रहँदा ग्याङ्गस्टर ब्लूज ३ नम्बरमा थियो।
हेमराज बिसी निर्देशित फिल्म 'ग्याङ्गस्टर ब्लूज'लाई सरोज न्यौपानेले निर्माण गरेका हुन्।
फिल्ममा आशिरमान देशराज जोशीसँगै आना शर्मा, संयम पुरी र रोजिशा शाही ठकुरीको मुख्य अभिनय रहेको छ। फिल्म भदौ २ मा रिलिज हुँदैछ।