PahiloPost

May 14, 2025 | १ जेठ २०८२

प्रेमगीत २ को ‘मोटरसाइकल’ गीतमा नयाँ प्रयोग



पहिलोपोस्ट

प्रेमगीत २ को ‘मोटरसाइकल’ गीतमा नयाँ प्रयोग

काठमाडौँ : फिल्म प्रेमगीत २ को नयाँ गीत ‘मोटरसाइकलमा...’ रिलिज भएको छ। गीतमा स्कटिस संगीतको स्वादसँग संगीतकार एलिस कार्कीले नेपालीपन मिश्रण गरेका छन्। क्लब सङ जानरामा बुनिएको यो गीतमा प्रदीप खड्का, अश्लेषा ठकुरी र स्वस्तिमा खड्काले फिचरिङ छन्। 

राजेशकुमार श्रेष्ठ र बबिनका शब्द, प्रताप दास र इन्दिरा जोशीको स्वर एवं रिनशा राईको नृत्य निर्देशन रहेको छ। 

‘यो क्लब गीत हो र स्कटिस फ्लेवरमा कम्पोज गरिएको छ’ संगीतकार कार्कीले भने, ‘नेपालमा नयाँ प्रयोग गरिएको हो।’

आशुसेन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्मलाई रामशरण पाठकले निर्देशन गरेका हुन्। म्यानमार र बर्मेली पात्रबीचको प्रेमकथा बुनिएको फिल्म साउन १३ गते रिलिज हुँदैछ।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell