PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

सरकारमा थपिए तीन मन्त्री



पहिलोपोस्ट

सरकारमा थपिए तीन मन्त्री

काठमाडौँ : मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार सहित पार्काटीका तीन मन्त्री सरकारमा थपिएका छन्। 

उनीहरुलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराएकी छिन्। गच्छदारले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय सम्हाल्नेछन्। उनी उपप्रधानमन्त्रीको पोर्टफोलियो सहित सरकारमा सामेल भएका हुन्। 

त्यस्तै जीतेन्द्रनारायण देवले पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् भने गोपाल दहितले भूमिसुधार तथा व्यवस्था मन्त्रालय सम्हालेका छन्। 

उनीहरुले आजै सिंहदरबार पुगेर कार्यभार समेत सम्हालेका छन्। 

राप्रपाले सरकार छाडेपछि संकटमा परेको प्रचण्ड नेतृत्वको सरकारलाई गच्छदारले काँध थाप्दै समर्थन गरेका हुन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell