PahiloPost

May 14, 2025 | १ जेठ २०८२

प्रधान न्यायाधीशले भनिन्, 'स्वतन्त्र न्यायपालिकाको मूल्य र मान्यता जगेर्नाका लागि सबैको ध्यान पुग्नुपर्छ'



पहिलोपोस्ट

प्रधान न्यायाधीशले भनिन्, 'स्वतन्त्र न्यायपालिकाको मूल्य र मान्यता जगेर्नाका लागि सबैको ध्यान पुग्नुपर्छ'

काठमाडौँ : प्रधानन्यायाधीश सुशीला कार्कीले संवैधानिक सर्वोच्चता, कानुनको शासन र स्वतन्त्र न्यायपालिकाको मूल्य र मान्यता जगेर्नाका लागि सबैको ध्यान पुग्नुपर्ने बताएकी छन्।

आज कानुन दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानन्यायाधीश कार्कीले कानुन दिवसले कानुनप्रतिको निष्ठामा लाग्न सवैमा प्रेरणा पुग्नेमा विश्वास गरेकी छन्। 

शुभकामना सन्देशमा कार्कीले भनेकी छन् ‘न्याय र कानुनकर्मीको विशेष दिनका रुपमा रहेको यस दिवसले सम्वन्धित सवैमा कानुनप्रतिको निष्ठा, संविधानप्रतिको बफादारिता एवं राष्ट्र सेवामा जुट्ने प्रेरणा प्रदान गरेको छ। नागरिकका संवैधानिक एवं कानुनी हक अधिकारको सच्चा पहरेदारको रुपमा रहेको स्वतन्त्र न्यायपालिकाको स्थापनाको आधार स्तम्भ खडा गर्न सफल यस दिनलाई आजपर्यन्त उत्तिकै महत्वका साथ हेर्ने गरिएको छ।’

प्रधान न्यायलय ऐन २००८ जारी भएको दिन वैशाख २६ गतेलाई कानुन दिवसका रुपमा मनाउने प्रचलन छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell