PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

फेसबुकमा गलत विवरण लेख्दा माओवादी केन्द्रकी सचेतकलाई निर्वाचन आयोगको स्पष्टीकरण 



पहिलोपोस्ट

फेसबुकमा गलत विवरण लेख्दा माओवादी केन्द्रकी सचेतकलाई निर्वाचन आयोगको स्पष्टीकरण 

काठमाडौँ : फेसबुकमा गलत सूचना लेख्दा नेकपा माओवादी केन्द्रकी संसदीय दलकी सचेतक सीता नेपालीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। सचेतक नेपालीले आयोग प्रवक्ताको भनाई भन्दै भ्रामक प्रचार गरेकोले २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गरेको छ। 

आचारसंहिता उल्लङ्घनमा कारवाही किन गर्नु नपर्ने भन्दै जवाफका लागि आयोगले पत्र लेखेको हो। 

सचेतक नेपालीले आयोग प्रवक्ताको भनाई भन्दै स्थानीय तह निर्वाचनमा निर्विरोध निर्वाचित हुने सदस्यको सूची पोस्ट गरेकी थिइन। उनको पोस्टमा माओवादी केन्द्र –१४५, कांग्रेस –१३५, एमाले–२५, राप्रपा –२, नयाँ शक्ति –१ निर्विरोधको तथ्याङ्क उल्लेख रहेको आयोगले जनाएको छ। 

नेपालीको उक्त तथ्याङ्क छानविन गर्न फेसबुक पेजको प्रिन्ट संलग्न गरी आयोगमा उजुरी परेको थियो। आयोगको छानविनमा तथ्याङ्क गलत भएपछि स्पष्टीकरण पत्र लेखिएको हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell