PahiloPost

May 14, 2025 | १ जेठ २०८२

प्रमुख आयुक्त अनुगमनमा, धादिङमा एमाले उम्मेद्वारलाई आयोगको स्पष्टीकरण



पहिलोपोस्ट

प्रमुख आयुक्त अनुगमनमा, धादिङमा एमाले उम्मेद्वारलाई आयोगको स्पष्टीकरण

काठमाडौं : निर्वाचन आयोगले धादिङको थाक्रे गाउँपालिकाका एमाले उम्मेदवारलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। थाक्रे गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेद्वार दुबैलाई आयोगले स्पष्टीकरण सोधेको हो।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको अनुगमन टोलीले आयोगले तोकेको मापदण्ड विपरित प्रचार सामाग्री प्रयोग गरेको पाएपछि दुवै उम्मेद्वारलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो। प्रमुख आयुक्त यादवको टोलीले दुवै उम्मेद्वारको आचारसंहिता विपरित हुने गरी निकालिएको माटरसाइकल । र्‍याली पनि रोकिदिएको छ। 

अध्यक्षका उम्मेद्वार रामकुमार आचार्य र उपाध्यक्षका प्रत्यासी समेतले सोमबार तीन ट्रक प्रचार सामाग्रीसहित स्कारपियो गाडी, ब्यानर र निर्वाचन चिन्हसहितको टि–सर्टमा मोटरसाइकल र्‍याली निकालेको सप्रमाण फेला पारेपछि स्पष्टीकरण सोध्ने निर्णय आयोगले गरेको हो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell