PahiloPost

May 14, 2025 | १ जेठ २०८२

महानगरका नौसहित कास्कीका ५० मतदानस्थल अतिसंवेदनशील 



पहिलोपोस्ट

महानगरका नौसहित कास्कीका ५० मतदानस्थल अतिसंवेदनशील 

पोखराः स्थानीय निकायको निर्वाचनमा बिप्लव माओवादीको बहिस्कारलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा संयन्त्रले महानगरका नौसहित कास्कीका ५० मतदानस्थललााई अतिसंवेदनशीलको सूचीमा राखेको छ।

एक सय ५० मतदानस्थल र तीन सय मतदान केन्द्र रहेको कास्कीको संवेदनशीलताका हिसावले सुरक्षा रणनीति तयार गरिएको हो। जसमा अतिसंबेदनशील, संवेदनशील र सामान्य गरी तीन तहका मतदानस्थल बर्गीकरण गरि सुरक्षा योजना तयार पारिएको छ। 

सुरक्षा संयन्त्रले तयार पारेको सुरक्षा योजना अनुसार सबैभन्दा बढी मादी गाउँपालिकाका मतदानस्थल अतिसवेदनशीलको सूचीमा रहेका छन्। १७ मतदानस्थल मध्ये १३ स्थल अतिसंवेदनशील तथा ४ वटा संबेदनशिल स्थलमा सूचीकृत गरिएको छ । 

१५ मतदानस्थल रहेको अन्नपूर्णमा १० मतदानस्थल अतिसंवेदनशील र ५ वटा चाहिं संवेदनशील छन् । माछापुच्छ्रे गाउँपालिकाका १२ मतदानस्थल मध्ये ७ वटा अतिसंवेदनशील र बाँकी ५ वटा संवेदनशील छन् ।

तुलनात्मक रुपमा रुपा गाउँपालिकाको संवेदनशीलता केही कममा परेको छ। आठ मतदानस्थल मध्ये यहाँका दुई मतदानस्थल मात्रै अतिसंबेदनशील सूचीमा परेका छन्। अन्य बाँकी छ वटा मतदानस्थल संवेदनशील मात्रै छन् ।

जिल्लामा सवैभन्दा बढी मतदानस्थल पोखरा लेखनाथ महानगरपालिकामा रहेका छन्। महानगरका ३३ वडामा ९८ मतदानस्थल रहेका छन् भने २ सय २१ मतदान केन्द्र तय गरिएको छ।

तिमध्ये १९ स्थल अतिसंवेदनशील छन् भने २७ वटा संवेदनशीलको सूचीमा छन् । ५२ वटा सामान्यस्थलको रुपमा सूचीकृत भएका छन् । महानगरका पनि २२, २३, २४, २५ र ३३ नम्बर वडा बढी संवेदनशील छन् । १८, १९, २१ र ३१ नम्बर वडाका मतदानस्थलहरु पनि उत्तिकै संवेदनशील सूचीमा राखिएको छ। 

अतिसंवेदनशील स्थानहरुमा पर्याप्तमात्रामा सुरक्षाकर्मी परिचालन गरिने छ। 
भौगोलिक अवस्थिति, दलिय प्रतिस्पर्धा र निर्वाचन विरोधी गतिविधिका आधारमा चुनौती सुरक्षा रणनीति तयार गरेको क्षेत्रीय प्रशासक याम कुमारी खतिवडाले जानकारी दिइन्।

मतदान केन्द्रमा सुरुमा नेपाल प्रहरीको सुरक्षा घेरा हुनेछ भने त्यो भन्दा बाहिर सशस्त्र प्रहरी बल र पछिल्लो घेरामा नेपाली सेना परिचालन गरिने छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell