PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

फिल्मको फ्यानले पत्रकार धम्काएपछि



पहिलोपोस्ट

फिल्मको फ्यानले पत्रकार धम्काएपछि

काठमाडौं: नेपाल चलचित्र पत्रकार संघका सदस्य एवं फिल्मीखबर डटकमका पत्रकार अन्जान दाहाल मनिषमाथि समाचारको विषयलाई लिएर अपरिचित व्यक्तिले धम्की दिएको छ।  

प्रर्दशनको तयारीमा रहेको ‘प्रेमगीत २’ सबन्धि फिल्मलाई असर पर्ने समाचार लखेको भन्दै उनीमाथि धम्की आएको हो। नेपालगञ्जबाट सुरेश श्रेष्ठ बताउने व्यक्तिले फिल्मविरुद्द समाचार लेखे जे पनि गर्न सक्ने भन्दै धम्काएको पत्रकार दाहालले संघले जानकारी गराएका छन्।

प्रकाशित समाचारमा चित्त नबुझे वा गुनासो रहे त्यसउपर अपनाउनुपर्ने कानुनी वा वैधानिक बाटोलाई छाडेर पत्रकारलाई धम्की दिएको भन्दै चलचित्र पत्रकार संघले आपत्ति जनाएको छ। संघले दोषीलाई तत्काल कारबाही गर्न र पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन स्थानीय प्रशासनसँग माग गरेको छ।                                             



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell