PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

राप्रपाका मनाङ्गेपछि एमाले निकट गुन्डा नाइके चक्रे मिलन पक्राउ



सविन ढकाल

राप्रपाका मनाङ्गेपछि एमाले निकट गुन्डा नाइके चक्रे मिलन पक्राउ

काठमाडौं : गुन्डा नाइके चक्रे मिलनलाई प्रहरीले पक्राउ गरेको छ। दुई दिनअघि आइतबार दीपक मनाङ्गेलाई पक्रिँदै काठमाडौंको चुनावी वातावरण सुरक्षित बनाउन अग्रसर देखिएको नेपाल प्रहरीले आज महाराजगञ्जबाट चक्रे मिलनलाई समातेको हो।

प्रहरी स्रोतका अनुसार उपप्रधानमन्त्री विजयकुमार गच्छदारको नेपाल लोकतान्त्रिक फोरमका केन्द्रीय सदस्य तथा चर्चित गुण्डा नाइके गणेश लामा पनि प्रहरीको निगरानीमा छन्। कुनै पनि समय उनी प्रहरीको नियन्त्रणमा पर्न सक्छन्। प्रहरीसँग यस्ता १ सय ६० गुण्डाहरुको सूची छ जसलाई चुनावसम्म प्रहरीले निगरानीमा लिइरहेको छ।

चक्रे मिलन नेकपा एमाले निकट मानिन्छन्। मिलनलाई निर्वाचनमा शान्ति सुरक्षा बिथोल्न सक्ने आशंकामा पक्राउ गरेको महानगरीय प्रहरी परिसरका एसएसपी छविलाल जोशीले बताए।

आइतबार साँझ मात्र प्रहरीले गुन्डा नाइके दिपक मानाङ्गेलाई यसैगरी पक्राउ गरिएको थियो। मनाङ्गे केही महिना अघि मात्र राप्रपामा प्रवेश गरेका थिए। निर्वाचनको सुरक्षालाई लिएर गुन्डा नाइकेदेखि टोले गुन्डासम्म ३६ जनालाई पक्राउ गरी सार्वजनिक अभियोगमा अदालतमा मुद्धा दर्ता गरेको एसएसपी जोशीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell