PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

विष्फोटक पदार्थसहित चितवनमा विप्लव माओवादीका व्यूरो इन्चार्ज  पक्राउ



पहिलोपोस्ट

विष्फोटक पदार्थसहित चितवनमा विप्लव माओवादीका व्यूरो इन्चार्ज  पक्राउ

चितवनः विष्फोटक पदार्थसहित नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहका व्यूरो इन्चार्जसहित दुई जना चितवनमा पक्राउ परेका छन्। भरतपुरको शिवघाटबाट खोटाङ दिप्लुङका पुरन राई र चितवन इलाका सदस्य शंकर गुरुङ पक्राउ परेका हुन्। 

पक्राउ परेका राई अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघअन्तर्गत चितवन, धादिङ, नुवाकोट र रसुवाको व्यूरोचिफ एवम् चितवन जिल्लाका सैन्य दस्ताका सहकमाण्डरसमेत हुन्।

ना.३ प ३०६५ नम्बरको मोटरसाईकलमा चढेर नारायणगढबाट शिवघाट गइरहेका बेला उनीहरुलाई विष्फोटक पदार्थसहित प्रहरीले पक्राउ गरेको हो। उनीहरुको साथबाट प्रहरीले डेटोनेटर २ थान, प्लाष्टिकको ग्रिनेट २ थान, नक्कली रिवल्भर १ थान बरामद गरेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell