चितवनः नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका मेयर तथा उपमेयरका उम्मेदवारले भरतपुर महानगरलाई सकुम्वासीमुक्त महानगर बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्।
भरतपुर महानगरमा संयुक्त घरदैलोका क्रममा विभिन्न वडा तथा टोलावासीलाई सम्बोधन गर्दै उनीहरुले सुकुम्वासी समस्या समाधान नगरेसम्म स्मार्ट सिटी नबन्ने भन्दै आफूहरुले महानगरलाई कुनै पनि हालतमा सकुम्वासीमुक्त महानगर घोषणा गर्ने दावी गरेका हुन्।
मेयरकी उम्मेदवार रेणु दाहालले कांग्रेस माओवादीको विचार र एजेण्डा जसरी यतिवेला मिलेको छ त्यसरी नै दुई दलले देखेका आधारमा माहानगरको विकासलाई दु्रत गतिमा अघि बढाउने प्रतिवद्धता जनाइन्।
उपमेयरकी उम्मेदवार पार्वती शाहले आफूहरु विजयी भए महिला सशक्तिकरणका मुद्दा थप मजबुद बन्ने दावी गरिन् ।