PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

रुकुममा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप, प्रहरीद्वारा दुई राउण्ड हवाइफायर



पहिलोपोस्ट

रुकुममा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप, प्रहरीद्वारा दुई राउण्ड हवाइफायर

रुकुमः रुकुमको पुर्तिङडाँडामा  नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ।

मंगलबार साँझ ५ बजेतिर भएको झडप नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड हवाई फायरसमेत गरेको छ। झडप थप बढ्ने भएकाले नियन्त्रणमा लिन हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय रुकुकका प्रमुख अंगुर जिसीले पहिलोपोस्टलाई जानकारी दिए।

झडपमा तीन जना प्रहरीसमेत घाइते भएका छन्। माओवादी केन्द्रले निर्वाचन कार्यक्रम गरिरहेका बेला कांग्रेसको मार्चपास र्‍याली पुगेपछि झडप भएको प्रहरीले बताएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell