PahiloPost

Jan 6, 2025 | २२ पुष २०८१

अर्को चरणको चुनाव के हुन्छ भनेर हामीलाई प्रश्न नसोध्नुस् : महन्थ ठाकुर



रमेश वाग्ले

अर्को चरणको चुनाव के हुन्छ भनेर हामीलाई प्रश्न नसोध्नुस् : महन्थ ठाकुर
फाइल फोटो

काठमाडौं : मधेस केन्द्रित दलहरुको संघीय गठबन्धनले संविधान संशोधन विधेयक संसदमा अगाडि नबढाएको विरोधमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ। 

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम विना नै बसेको गठबन्धनको बैठकले स्थानीय तहको निर्वाचन हुने प्रदेश ३, ४ र ६ बाहेकमा आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो। 

जस अनुसार आउँदो २९ गते जिल्ला सदरमुकामहरुमा विरोध सभा गर्ने र जेठ १ गते विरोध र्‍याली गर्ने उल्लेख छ। गठबन्धनले संविधान संशोधन नगरी निर्वाचनका कार्यक्रम अगाडि बढाइएको विरोधमा आन्दोलन घोषणा गरिएको जनाएको छ। थप आन्दोलनको कार्यक्रम भने आउँदो जेठ ४ गतेतको संसद बैठकपछि तय गरिने गठबन्धनले जनाएको छ। 

बिजुलीबजारमा बसेको बैठकपछि राष्ट्रिय जनता पार्टीका संयोजक महन्थ ठाकुरले सरकारले संविधान संशोधन गरेर मात्रै निर्वाचनको कार्यतालिका घोषणा गर्न आफूहरुले दिएको सुझाव नमानेको बताए। 

'संविधान संशोधन गरेर सबैलाई विश्वासमा नलिइ निर्वाचनको कार्यतालिका नल्याउनुस् भनेको मानेको थिएन, अब पनि हामीले हाम्रो माग सम्बोधन गरेर जानुस् भनेका छौँ,' ठाकुरले भने, 'चार गतेको संसद बैठकले पनि संविधान संशोधनको माग सम्बोधन गरेन भने अर्को चरणको चुनाव के हुन्छ भनेर हामीलाई प्रश्न नसोध्नुस्। यसको जवाफ सरकारले गरेको कदम नै हुनेछ।'

उनले संविधान संशोधनमा दुई तिहाई नपुग्ने अवस्थाको जिम्मेवार भने सरकार भएको बताए। 'संख्या पुर्‍याउने जिम्मा सरकारको हो,' उनले भने, 'हाम्रो त माग मात्रै हो। संशोधन विधेयक सरकारको हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell