PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

राष्ट्रपति ट्रम्पद्धारा एफबीआई निर्देशक कोमी बर्खास्त



पहिलोपोस्ट

राष्ट्रपति ट्रम्पद्धारा एफबीआई निर्देशक कोमी बर्खास्त

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एफबीआई निर्देशक जेम्स कोमीलाई पदबाट बर्खास्त गरेका छन्। महान्यायाधिवक्ता जेफ सेशन्सको सल्लाहमा कोमीलाई हटाउने पत्राचार राष्ट्रपति ट्रम्पले गरेको बिबिसीले जनाएको छ।

कोमीलाई ट्रम्पको चुनावी प्रतिस्पर्धी हिलारी क्लिन्टनको इमेल प्रकरणको छानविनमा गल्ती गरेको भन्दै बर्खास्त गरिएको हो। कोमीले राष्ट्रपति निर्वाचनमा रुसी संलग्नताबारे छानविनको अगुवाइ समेत गरिरहेका थिए।

अमेरिकी संसदमा गत साता कोमीले क्लिन्टनको इमेल प्रकरणमा गलत जानकारी दिएको खबर आइरहेका बेला उनलाई बर्खास्त गरिएको हो। क्लिन्टनले समेत आफ्नो हारमा कोमीको संलग्नता रहेको आरोप लगाउँदै आएकी छिन्।

डेमोक्र्याटहरुले भने एफबीआईले ट्रम्पको चुनावी अभियानमा रसियाको संलग्नताबारे छानविन गरिरहेकाले कोमीलाई हटाएको आरोप लगाएका छन्। 

 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell