PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

शरणार्थी पुत्र मुन जे इन दक्षिण कोरियाको राष्ट्रपतिमा निर्वाचित



पहिलोपोस्ट

शरणार्थी पुत्र मुन जे इन दक्षिण कोरियाको राष्ट्रपतिमा निर्वाचित

दक्षिण कोरियाको १९ औँ राष्ट्रपतिमा मुन जे इन विजयी भएका छन्। मुन जे इन डेमोक्रेटिक पार्टीका उम्मेद्वार हुन्। 

प्रतिस्पर्धी होङ जिओन पिओलाई पराजित गर्दै मुन राष्ट्रपतिमा निर्वाचति भएका हुन्।

सन् २०१२ को चुनावमा उनले हार व्यहोरेका थिए। महाभियोगबाट अपदस्थ राष्ट्रपति पार्क गुन हेसँग उनी पराजित भएका थिए। 

कोरियाली प्रायदीपमा युद्धको सुरुवात भएपछि मुनको परिवार उत्तर कोरियाबाट दक्षिण कोरियामा शरणार्थीको रुपमा प्रवेश गरेको थियो। गरिवी र अभावमा बाल्यकाल बिताएका मुनकी आमाले जीवनयापनाका लागि अण्डा बेच्ने गरेको बिबिसीले लेखेको छ।

शरणार्थी पुत्र मुन दक्षिण कोरियाको सर्वोच्च पदमा पुगेका हुन्। पूर्व राष्ट्रपति पार्कका पिताको विरोधमा मुनले जेल जीवन समेत बिताएका छन्। 
मुनको प्रमुख एजेण्डा भ्रस्टाचार र बेरोजगार छ। यस्तै, पूर्व राष्ट्रपति पार्कको कार्यकालमा बिग्रिएको उत्तर कोरियासँगको सम्वन्ध सुधार पनि उनको प्राथमिकतामा छ। 
  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell