PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

बडी बिल्डिङ च्याम्पियनसिपका गोल्ड मेडलिस्ट महर्जन सम्मानित



पहिलोपोस्ट

बडी बिल्डिङ च्याम्पियनसिपका गोल्ड मेडलिस्ट महर्जन सम्मानित

काठमाडौंः अखिल नेपाल खेलकुद संघले ५० औं एसियन बडी बिल्डिङ एण्ड स्पोर्ट च्याम्पियनसिपका गोल्ड मेडलिष्ट महेश्वर महर्जनलाई सम्मान गरेको छ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा संघले महर्जनलाई सम्मान गरेको हो। महर्जनले सन् २०१६ सेप्टेम्भरमा भुटानमा सम्पन्न ५० औं एसियन बडी बिल्डिङ एण्ड स्पोर्ट च्याम्पियनसिपमा ७५ केजी तौल समूहमा गोल्ड मेडल प्राप्त गरेका थिए।

महर्जनलाई सम्मान गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय नेपालले खेलकुदको क्षेत्रमा राम्रो प्रगति गरेको बताउँदै खेलको विकासले युवाहरुको शारीरिक र बौद्धिक विकास तथा देशको गरिमा र स्वाभिमान उच्च हुने बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell