PahiloPost

Aug 2, 2026 | १७ साउन २०८३

कास्कीमा फेरि कांग्रेस उम्मेदवारको जिपमा आगजनी



पहिलोपोस्ट

कास्कीमा फेरि कांग्रेस उम्मेदवारको जिपमा आगजनी

पोखराः नेपाली कांग्रेसकातर्फबाट माछापुच्छ्रे गाउँपालिकाको वडा अध्यक्षका उम्मेदवार वीरेन्द्र गुरुङको गाडीमा अज्ञात समुहले मंगलबार राति आगजनी गरेको छ।

गाउँपालिका वडा नम्बर एकका वडा अध्यक्षका उम्मेदवार वीरेन्द्र गुरुङले चुनाव प्रचार प्रसारमा प्रयोग गरेको ग १ज ५१४८ नम्वरको जिपमा घाचोकको टुसे भन्ने स्थानमा पाकिङ गरेर राखेको अवस्थामा जिपमा आगजनी भएको हो।

प्रहरीका अनुसार मध्यरातमा गाडीमा आगजनी गरिएको हो। आगजनीबाट गाडी पूर्णरुपमा क्षतिग्रस्त भएको छ। केही दिन अघि पनि माछापुच्छ्रे गाउँपालिकाको सार्दिखोलामा कांग्रेसका गाउँपालिका अध्यक्षका उमेदवारको गाडीमा विप्लव माओवादीका कार्यकर्ताले आगजनी गरेका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell