PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

फोटोमा हेर्नुस्, बुद्ध पूर्णिमामा सिङ्गारिएको स्वयम्भू

फोटोमा हेर्नुस्, बुद्ध पूर्णिमामा सिङ्गारिएको स्वयम्भू

समर्थ रञ्जित/पहिलोपोस्ट


वैशाख शुक्ल पूर्णिमाका दिन अर्थात् आज देशभर २५६१ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ। गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति पनि वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन्। 

नेपालको लुम्बिनीमा इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६१ वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो। राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका रुपमा जन्मनुभएका सिद्धार्थ गौतमले २९ वर्षको उमेरमा घरबार र दरबार त्यागी ज्ञानको खोजीमा लागे।  

उनै बुद्धको जन्मजयन्तीमा स्वयम्भू आज विशेष तरिकाले सिङ्गारिए छ। भूकम्पका कारण भत्किएका केही सम्पदाको पुर्ननिर्माण पनि स्वयम्भूमा चलिरहेको छ। स्वयम्भूमा ‘बुद्धम् शरणम् गच्छामि’, ‘धम्मम् शरणम् गच्छामि’ र ‘सङ्घम् शरणम् गच्छामि भन्दै आज बौद्ध धर्मावलम्वीहरुले पुगेनन् मात्र बुद्ध प्रति आस्था समेत प्रकट गरे। हेर्नुस् फोटो - 
 


ट्रेन्डिङ पोस्ट

Ncell