काठमाडौंः प्रहरीले करिव चार करोड नेपाली रुपैयाँ बरावरको विदेशी मुद्रासहित छ जना चिनिया नागरिकलाई पक्राउ गरेको छ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले बुधबार बिहान काठमाडौंबाट रसुवाको केरुङ जाँदै गरेको माइक्रोवस नागढुङगामा चेक जाँच गर्दा विदेशी मद्रासहित चिनिया नागरिकलाई लपक्राउ गरेको महाशाखा एसपी प्रकाशजंग कार्कीले जानकारी दिए।
उनले भने,‘विदेशी मुद्रासहित छ जना पक्राउ गरेका छौं डलर कति छ गन्दै छौं।’ उनीहरुका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।