PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

ओलीले भने : गोर्खाली पत्रकार सत्य बोल्न आँट गर्दैन, सुहाउँछ?



पहिलोपोस्ट

ओलीले भने : गोर्खाली पत्रकार सत्य बोल्न आँट गर्दैन, सुहाउँछ?

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोलखामा एमाले कार्यकर्ता मारिएको घटनामा सञ्चार माध्यमले निभाएको भूमिकाप्रति आपत्ती प्रकट गरेका छन्। 

एमाले प्रचार विभागले आयोजन गरेको कार्यक्रमा ओलीले भने – 'केही सञ्चार माध्यमहरुमा केही सञ्चारकर्मीहरुमा यस्तो प्रवृत्ति छ। समाचार पनि 'दिए जस्तो गरौँ' भन्ने। दोलखामा झडप भन्दियो। एक जना मारियो भन्दियो।

खाना खाएको ठाउँमा गोली चलाएको आक्रमण गरिएको छ। झडप भएको हो र? माओवादी नामकको अपराधिक गिरोहले एमाले माथि हमला गरेको छ। अपराधिक प्रवृतिका साथ अनि झडप भएको हो र? 

धेरै जिब्रो नचपाउँ कलिलो छ जिब्रो किन चपाउने त्यसरी? देशका लागि निष्पक्ष सत्य बोल्ने हिम्मत गरौँ। गोर्खाली, बहादुर नेपाली तर सत्य बोल्ने आटँ गर्दैनन्, सुहाउँछ? सत्य समाचार सम्प्रेण गरौँ।' 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell