PahiloPost

May 14, 2025 | १ जेठ २०८२

सभामुखको भूमिकामा एमाले अध्यक्ष ओलीको प्रश्न



पहिलोपोस्ट

सभामुखको भूमिकामा एमाले अध्यक्ष ओलीको प्रश्न

काठमाडौं : नेकपा एमालेका केपी शर्मा ओलीले कानून दिवसको कार्यक्रममा प्रधानमन्त्री, सभामुख र महान्यायाधीवक्ता सर्वोच्च अदालतको कार्यक्रममा सहभागी नभएको विषयमा प्रश्न उठाएका छन्। 

एमालेले प्रचार विभागले आयोजना गरेको कार्यक्रममा ओलीले भने – 'एउटा संवैधानिक गरिमाममय पदको सत्तापक्षीय दुरुपयोग भएको छ।'

उनले सभामुखले महाभियोग प्रस्ताव स्थगनमा राख्न अदालतले दिएको आदेश लगत्तै गरेको पत्रकार सम्मेलनको समेत आलोचना गरे। 'सबैले आफ्नाआफ्ना सीमाभित्र बस्नुपर्छ भन्नुहुन्छ,' ओलीले भने, 'सर्वोच्चको बहिष्कार सीमा हो? कुनकुन संस्थाको बहिष्कार सीमा हो? धैरै अहिले केही भन्न चाहान्न- भूमिका अनुसारको परिणाम स्वच्छ निर्वाचन चाहिरहेका छौँ।'

महाभियोगको विरोधमा संसदमा एमाले उभिँदा बोल्न सभामुखले समय नदिएको प्रति पनि ओलीले सभामुख माथि प्रश्न गरे।

'सभामुख के गर्न चाहिरहनु भएको छ मैले बुझेको छैन,' उनले भने, 'इतिहास बोकेको प्रमुख प्रतिपक्षी सदनमा उभिएको छ। एक जना उठे अवरुद्ध भयो भन्ने सभामखुले त्यत्रो एमाले किन उठ्यो? किन उठ्नुभयो माननीय भनेर सोध्नुभएन। खुरुखुरु पढ्न थाल्नुभयो। के पढ्नुभयो। बस्नुस् पनि भन्नुभएन, किन उठ्नु भयो पनि भन्नु भएन। संसदीय अभ्यासमा यसप्रकारको बल मिच्याइ।'
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell