PahiloPost

Jun 7, 2025 | २५ जेठ २०८२

११ दिन ११ सय करोडको कमाई: बाहुबली सिक्वेलको बक्सअफिस कलेक्शन



पहिलोपोस्ट

११ दिन ११ सय करोडको कमाई: बाहुबली सिक्वेलको बक्सअफिस कलेक्शन

ब्लकबस्टर फिल्म 'बाहुबली द कनक्लुजनले' ११ दिनम ११ सय करोडको व्यवसाय गरेको छ। फिल्मले भारत भित्र र ओभरसिजको बक्सअफिस कलेक्शनमा उक्त रकम जम्मा गरेको हो। 'बाहुबली २'ले बलिउडमा सर्वाधिक धेरै व्यापार गर्ने फिल्मको रेकर्ड बनायो।

एसएस राजमौली निर्देशित फिल्म 'बाहुबली २' ले अझै अत्याधिक दर्शक फ्लो पाएको छ। प्रदर्शनको ११ दिनमा फिल्मको वर्ल्डवाइड ग्रस कलेक्शन ११०० करोड गर्‍यो, जुन कमाई अपेक्षितभन्दा धेरै भएको निर्माण युनिटले समेत जनाएको छ।

फिल्मले कम्तिमा ३ हप्ता विश्वव्यापी रुपमा शो पाउने अनुमान फिल्म क्रिटिक्श तरण आदर्शले गरेका छन्।  
 


चार भाषामा सार्वजनिक फिल्म 'बाहुबली २'को हिन्दी भर्सनको कमाई ३५० करोडको हाराहारीमा पुगेको छ। फिल्ममा प्रभास, राणा दग्गुबती, अनुष्का शेट्टी, तमन्ना भाटिया, सत्यराज लागयतका कलाकारहरुको अभिनय देख्न सकिन्छ।

फिल्मले भारतपछि नर्थ अमेरिकामा अत्याधिक व्यवसाय गरेको तरण आदर्शले आफ्नो ट्विटमा जनाएका छन्। उनले फिल्म दंगालले पनि बाहुबली पछि चिनमा नयाँ ओभरसिज रेकर्ड बनाएको उल्लेख गरेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell