PahiloPost

Jun 28, 2026 | १४ असार २०८३

पोखरामा माओवादीले भन्यो–‘रुखमै भोट हाल्ने हो’



पहिलोपोस्ट

पोखरामा माओवादीले भन्यो–‘रुखमै भोट हाल्ने हो’

पोखराः नेकपा माओवादी केन्द्रले केन्द्रीयस्तरमा भएको सहमति अनुसार कांग्रेसको चुनाव चिन्ह रुखमा भोट हाल्न आफूहरु तयार रहेको बताएको छ। 

नेपाली कांग्रेस र माओवादी केन्द्रले पोखरामा गरेका संयुक्त पत्रकार सम्मेलनमा माओवादीका जिल्ला संयोजक दीपक कोइरालाले चुनावी तालमेलका लागि केन्द्रमा भएको सहमति अनुसार रुखमा मतदान गरी कांग्रेसका उम्मेदवार रामजी कुँवरलाई जिताउन आफूहरु तयार रहेको बताए।

मेयरका कांग्रेसका उम्मेदवार दुवै पार्टीका साझा उम्मेदवार भएकाले कुँवरलाई मतदान गर्ने कुरामा शंका नगर्न आग्रह गरे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell