
चितवनः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवा बिहीबार चितवन आउने भएका छन्।
चितवनको भरतपुरमा हुने चुनावी सभालाई सम्वोधन गर्न दाहाल र देउवा चितवन आउने भएका हुन्।
चितवनको भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेस र माओवादीले तालमेल गरेका छन्।
मेयर पदमा माओवादीकी उम्मेदवार रेणु दाहाल र उपमेयरमा कांग्रेसकी उम्मेदवार पार्वती शाह तालमेलसहित चुनावमा छन् । एमालेको तर्फबाट देवी ज्ञवाली मेयर पदको उम्मेदवार बनेका छन्।
चुनावमा तालमेल गरेका कांग्रेस र माओवादी केन्द्रले संयुक्तरुपमा चुनावी प्रचार गरेका छन् । भरतपुरमा हुने चुनावी सभालाई कांग्रेस सभापति देउवा र प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नेछन् ।