PahiloPost

May 14, 2025 | १ जेठ २०८२

को बन्ला वैकल्पिक राजधानीको रुपमा चर्चित भरतपुरको मेयर?



पहिलोपोस्ट

को बन्ला वैकल्पिक राजधानीको रुपमा चर्चित भरतपुरको मेयर?

  • राजेन्द्र आचार्य-
​​​ चितवन : वैकल्पिक राजधानीको रुपमा चर्चित चितवनको भरतपुर महानगर निर्वाचनको गर्मीले तातेको छ। मौसमी गर्मीसँगै कांग्रेससँगको गठजोडमा उम्मेद्वार बनेकी प्रचण्ड पुत्री रेणु दाहालको चर्चा र स्थानीय एमाले नेता देवी ज्ञवालीको प्रतिष्पर्धाले गर्मीको राप बढाईरहेको छ।

महानगरपालिकामा विभिन्न राजनीतिक दलले चुनावी गतिविधिलाई तीब्र पारेका छन्। प्रचारप्रसारका साथै घरदैलो पनि तीव्र भएको छ। 
छोरी रेणुलाई मेयर बनाउन लबिङ गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा हरसम्भव कोशिसमा जुटेका छन्। बिहीबार दुवै नेता भरतपुरमा चुनावी सभालाई सम्वोधन गर्न पुग्दैछन्। भरपुरको केन्द्रीय बस टर्मिनलको खुला चौरबाट प्रचण्ड र देउवाले सभा गरिरहँदा एमाले अध्यक्ष ओली पनि चितवनबाट चुनौती दिन तयार छन्। 

ओली पनि बिहीबार नै नारायणगढको पोखरा बसपार्कमा चुनावी सभाबाट उम्मेद्वारको पक्षमा लबिङ गर्दैछन्। 

निर्वाचन अघिको मौन अवधि अगाडि नै दलहरु आफ्नो पक्षमा माहौल तयार गर्न जुटिरहेका छन्। त्यसो त राप्रपाका उम्मेद्वार बद्री तिमल्सिना पनि चुनावी घरदैलोमा छन्। 

चितवनको भरतपुर महानगरपालिकामा कांग्रेस–माओवादी तालमेल उपमेयर भने कांग्रेसकी पार्वती शाह छिन्। एमालेले उपमेयरमा दिव्य शर्मालाई उठाएको छ। राप्रपाकी उपमेयर भने रिना गुरुङ हुन्। 

भरतपुर महानगरपालिकासँग यतिबेला देउवा–प्रचण्डको सत्ता सहकार्यको विषय जोडिएको छ। एमाले पनि आफ्ना उम्मेद्वार सक्षम भएको तर्क गर्दै चुनौतीको हुंकार खडा गर्दैछ। 

भरतपुर महानगरका २९ वटै वडामा कांग्रेस, एमाले र माओवादी केन्द्रलगायतका दलहरुले प्रचारप्रसार तथा घरदैलो कार्यक्रम गरिरहेका छन्। अनि प्रतिष्पर्धा पनि । 

महानगरको मेयर र उपमेयर पदमा कांग्रेसकातर्फबाट प्रत्यासी देखिएका रामजी कुँवर र सरस्वती गुरुङ, एमालेका मानबहादुर जिसी र मञ्जु गुरुङ, त्यसैगरी माओवादी केन्द्रबाट उपमेयरका उम्मेदवार गोमा ढकाललगायत अन्य पार्टीले वडा अध्यक्ष तथा सदस्यका उम्मेदवारसँग पार्टीको पक्षमा चुनावी माहोल बनाउन खटिएका छन्।

मुलुकमा लामो समयसम्म चुनाव नभएका कारण विकास निर्माण र भौतिक पूर्वाधारले गति लिन नसके पनि जनतामा दलप्रति बढेको निराशालाई चिर्न उम्मेदवारहरुले निर्वाचनमा आफ्ना योजना, पूर्वाधार विकास र निर्माणका योजनावारे प्रतिबद्धता व्यक्त गर्ने गरेका छन्। 

रेणु दाहाल : माओवादी

प्रचण्ड पुत्री रेणु दाहाल मेयरको उम्मेद्वार बनेसँगै कांग्रेसका मेयरका उम्मेद्वार दिनेश कोइराला 'कु' मा परे। दुवै पार्टीबीच यतिबेला निर्वाचनको साँठगाँठको चर्चा पाएको छ।  

काठमाडौँ क्षेत्र नं १ बाट संविधानसभा निर्वाचन लडेकी उनी माओवादी केन्द्रले भरतपुर महानगरपालिकामा मेयर पदमा उम्मेदवार बनाएसँगै चर्चामा छिन्। आफूले पार्टीले दिएको हरेक जिम्मेवारी पुरा गरेको र जस्तोसुकै अवस्थामा पनि कर्तव्यबाट पछाडि नहट्ने रेणुको दाउ छ। 

बुवा पुष्पकमल दाहाल र आमा सीता दाहालको कोखबाट पश्चिम चितवनको साविक शारदानगर ८ भिमसेन नगरमा २०३३ असार २२ गते जन्मिएकी रेणुले एसएलसीसम्मको अध्ययन गरेकी छिन् । २०५२ सालदेखि माओवादी आन्दोलनमा लागेकी रेणु अनेमसंघ क्रान्तिकारी भारत प्रवास शाखा अध्यक्ष भएकी थिइन्। युद्धकालमा नै माओवादी रोल्पा पार्टी सेक्रेटरी, सहइन्चार्ज, काठमाण्डौं जिल्ला कमिटीको सचिव भएर काम गरेकी छन् । हाल माओवादी केन्द्रको पोलिट्ब्यूरो सदस्य रहेकी रेणु दाहाल अनेमसंघ क्रान्तिकारीको महासचिव पनि हुन् । २०६४ मा भएको संविधानसभा निर्वाचनपछि समानुपातिक सांसदका रुपमा काम गरेकी दाहाल २०७० सालमा भएको संविधानसभा निर्वाचनमा काठमाण्डौं निर्वाचन क्षेत्र नम्वर १ बाट कांग्रेस नेता प्रकाशमान सिंहसँग पराजित भएकी थिइन् ।  अनिलकुमार पाठकसँग विवाह गरेकी रेणु दाहालका १ छोरा र एक छोरी छन् ।

०३३ सालमा जन्मिएकी रेणु ०४६ सालदेखि नै राजनीतिमा सक्रिय छिन् । 'लाउँलाउँ र खाउँखाउँ' भन्ने १२ बर्षको उमेरदेखि राजनीतिमा लागेकी रेणुले केही समय अघि माओवादी केन्द्रले बनाएको जम्बो केन्द्रीय कमिटीको केन्द्रिय सदस्य अस्वीकार गरेकी थिइन् ।

काठमाडौं जिल्ला समितिमा कार्यरत रेणु यसअघि काठमाडौं जिल्ला कमिटीको पार्टी सचिव थिइन् । अहिले एकता पश्चात सदस्य मात्रै छिन् । माओवादी महिला संगठनकी महासचिव भने छिन् ।

रेणुले चुनाव जितेपनि नजितेपनि चितवनमै बसेर बाँकी जीवन बिताउने बताएकी छिन्। ०६३ मा माओवादी खुला राजनीतिमा आएपछि उनी काठमाडौं जिल्ला कमिटीको सह–सचिव भइन्।

अहिले रेणुलाई कांग्रेसको साथ छ । जसका कारण उनमा थप उत्साह थपिएको छ। 'हाम्रा मुद्दा र एजेण्डा यतिबेला मात्रै होइन, हिजो माओवादी शान्तिप्रक्रियामा आउँदा गरिजाबाबुले नै माओवादी र काग्रेसको तालमेलको सुरुवात गरिदिनुभएको थियो', उनले भनिन् , 'यो गणतन्त्र, संविधान विरोधी जुर्मुराएपछि मात्र हामीबीच तालमेल भएको हो।' 

 
देवी ज्ञवाली : एमाले 

कांग्रेस र माओवादी केन्द्रको तालमेलपछि प्रतिष्पर्धी देवी ज्ञवालीबारे देशभर चासो श्रृजना भयो।  एमालेको विद्यार्थी राजनीतिदेखि सक्रिय उनी अहिले एमालेको सल्लाहकार पनि छन् । बालकृष्ण ज्ञवाली र आमा ल्वाङकुमारी ज्ञवालीको कोखबाट पर्वत जिल्लाको रानीपानीमा वि.स. २०१९ असार ११ गते ज्ञवालीको जन्म भएको थियो। हाल भरतपुर महानगरपालिका वडा नः ४ का स्थायी वासिन्दा हुन्। 

प्रवेशिका उत्तीर्ण ज्ञवालीले २०३० सालमा पुष्पलाल समुहको बाल सांस्कृतिक समुहमा आवद्ध भएर विद्यार्थी राजनीति सुरु गरे । २०३२ सालमा चितवन झरेका ज्ञवाली २०३४ सालमा रेड गार्डको सदस्य, २०३५ सालमा वामपन्थीहरुको युवक संगठन युथ लिगको सचिव, २०३६ मा अनेरास्ववियु एकताको पाचौँ संस्थापक अध्यक्ष, २०३८ मा पार्टी संगठित सदस्य लिएर मकवानपुर जिल्लाको पूर्व भेग हेर्ने जिम्मेवारी लिएर राजनीतिमा सक्रिय भए ।

२०४६ मा बारा जिल्ला कमिटीको सचिव, २०४७ मा नेकपा माले चितवनको सचिव, २०५० मा एमाले नारायणी अञ्चल सचिव,  २०५४ मा भरतपुर नगरपालिकाको उपमेयर, २०५९ देखि २०६१ सम्म चितवन जिल्ला पार्टी प्रमुख, २०६२/०६३ मा भएको जनआन्दोलनम सक्रिय सहभागिता जनाएका ज्ञवाली २०६४ मा भएको संविधानसभा निर्वाचनमा चितवन क्षेत्र नः ३ बाट एमाले उम्मेदवार बनेर पराजित भएका थिए । 
यस्तै, २०६५ मा वुटवलमा भएको आठौं महाधिबेशनबाट एमाले केन्द्रीय सदस्य निर्वाचित भएका ज्ञवाली २०७० मा भएको नवौं महाधिबेशनमा केन्द्रीय सदस्यमा पराजित भए । उनी अहिले एमाले केन्द्रीय सल्लाहाकार परिषद् सदस्य छन्।

बद्री तिमिल्सिना : राप्रपा

बद्री तिमिल्सिना राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष हुन । उनी प्रष्ट वक्ताको रुपमा परिचित छन् । २०३६ सालमा राष्ट्रियवादी स्वतन्त्र विद्यार्थी मण्डलको जिल्ला अध्यक्ष भएका थिए । स्वतन्त्र विद्यार्थी मण्डलमा काम गर्दागर्दै २०४४ सालमा युवा पञ्चको सभापति भए । 

चितवनको जिल्ला विकास समितिको उपसभापति भएरसमेत काम गरेको बद्रीको अनुभव छ। 

भरतपुरस्थित कवर्डहल बनाउनमासमेत उनको भूमिका अग्रणी स्थानमा छ । भरतपुर १० स्थित हस्पिटल रोड टोल विकास संस्थाका निर्वतमान अध्यक्ष पनि हुन्। उनले भरतपुरस्थित वीरेन्द्र क्याम्पसबाट आइए पास गरेका छन् । पञ्चायतकालिन राजनीतिमा २०३६ सालदेखि आवद्ध भएका तिमिल्सिना राप्रपा र राप्रपा नेपालको गरी १५ बर्ष जिल्ला पार्टी अध्यक्ष बने । २०२० चैंत्र २३ गते माता भूवनेश्वरी तिमल्सिना र वुवा रामनाथ तिमल्सिनाको कोखबाट जन्म भएको हो । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell