PahiloPost

May 14, 2025 | १ जेठ २०८२

भोलि मध्यरातदेखि मौन अवधि सुरु हुँदै, फेसबुकबाट पनि भोट माग्न नपाउने



पहिलोपोस्ट

भोलि मध्यरातदेखि मौन अवधि सुरु हुँदै, फेसबुकबाट पनि भोट माग्न नपाउने

काठमाडौँ : निर्वाचन अगाडिको ४८ घण्टै मौन अवधि भोलि मध्यरातबाट सुरु हुँदैछ। त्यसअघि बिहीबार दिनभर अन्तिम पटक दलहरुले चुनावी सभा र घरदैलो गर्न पाउनेछन्। 

शुक्रबार र शनिबार भने दलहरुले घरदैलो र चुनावी सभा गर्न पाउने छैनन्। निर्वाचनका लागि खटिएका कर्मचारीहरुले मौन अवधिभित्रै मतदान केन्द्रहरु तयार गर्नेछन्। 

निर्वाचनको प्रचार प्रसारका लागि रेडियो, टेलिभिजन, पत्रपत्रिकामा समेत मौन अवधिमा विज्ञापन गर्न पाइँदैन। 

त्यस्तै सामाजिक सञ्जाल फेसबुक, ट्विटर लगायतमा समेत मौन अवधिमा प्रचार प्रसार गर्न निर्वाचन आयोगले रोक लगाएको छ। तर विदेशमा बस्नेहरुले प्रचार प्रसार तथा आफ्ना उम्मेदवारको पक्षमा मत मागेको अवस्थामा के कारवाही गर्ने भन्नेमा मौन छ। 

आयोगले जारी गरेको निर्वाचन आचारसंहिता अनुसार मौन अवधिमा 'एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचनमा प्रचार प्रसार गर्न नहुने', उल्लेख छ। 



त्यस्तै दलका उम्मेद्वारहरुले राजनीति दलको चिन्ह अंकित टिसर्ट, टोपी र स्टीकर प्रयोग गर्न समेत पाउनेछैनन्। 

 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell