PahiloPost

May 14, 2025 | १ जेठ २०८२

प्रधानमन्त्रीले नै सुनाए निर्वाचन आयोगमा गाडी तोडफोड भएको गुनासो



पहिलोपोस्ट

प्रधानमन्त्रीले नै सुनाए निर्वाचन आयोगमा गाडी तोडफोड भएको गुनासो

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोग पुगेर आफ्नो पार्टीको गाडी तोडफोड भएको गुनासो गरेका छन्। 

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पालना गर्ने त्यसको पालनाका लागि वातावरण निर्माण गर्ने काम प्रमुख दलहरुको भएको भन्दै त्यसमा प्रतिबद्धता जनाउन राखेको बैठकमा प्रधानमन्त्रीले नै गुनासो गरेका हुन्। 

निर्वाचनको मिति घोषणा आफैं गरेर त्यसलाई सम्पनन् गर्ने दायित्व बोकेका कार्यकारी प्रधानमन्त्री दाहाल बुधबार आयोगमा आफैं गुनासोकर्ताकारुपमा देखिए। उनले अन्य दलले गरेका गुनासोको जवाफ त दिए तर आफूसमेत गुनासोबाट मुक्त रहन सकेनन्।
 
‘निर्वाचन आयोगले देशभर भएका घटनाहरुको विवरण राखेको मलाई राम्रो लाग्यो प्रधानमन्त्री दाहालले भने,‘तर चितवनमा भएको आगजनी तथा तोडफोडमा माओवादी केन्द्रका उम्मेदवारको गाडी तोडफोड भएको कुरा यहाँ छुटेको रहेछ, म त्यो पनि समेट्न आग्रह गर्छु।’ 

उनले देशका धेरैजसो स्थानमा निर्वाचन बहिष्कार गर्ने र भाँड्ने घोषणा गरेको समूहबाट नै गाडी तोडफोड तथा आगजनी भएको भन्दै त्यस्तो समूहलाई सुरक्षा निकायले निगरानीमा राखेको बताए। 

प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले प्रस्तुत गरेको विवरणमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विभिन्न जिल्लामा गाडी तोडफोड गरेको तथा सुरक्षा चुनौती खडा गर्ने प्रयास गरेपनि सुरक्षा निकायले त्यसलाई नियन्त्रण गरिरहेको उल्लेख गरेका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell