PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

पूर्वसभासद् शिवचन्द्र कुशवाहा पक्राउ, प्रहरी चौकीमै स्थानीय कुटेको आरोप



राधेश्याम पटेल

पूर्वसभासद् शिवचन्द्र कुशवाहा पक्राउ, प्रहरी चौकीमै स्थानीय कुटेको आरोप

वीरगंज : तत्कालीन एकीकृत नेकपा माओवादीका तर्फबाट पहिलो संविधानसभामा सभासद् रहेका शिवचन्द्र कुशवाहालाई बारा प्रहरीले पक्राउ गरेको छ। 

आफनै गाउँका एक व्यक्तिलाई प्रहरी चौकीमै निर्घात कुटपिट गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो। पूर्वसभासद्  कुशवाहाले
महागढीमाई नगरपालिका वडा नं १ बरियारपुरका जामुनप्रसाद बरैलाई प्रहरी चौकीमै कुटपिट आरोप छ। 

कुशवाहा र बरैबीच विगत लामो समयदेखि जग्गाको विषयमा विवाद हुँदै आएको थियो। बुधबार प्रहरी चौकी बरियारपुरमा डाकिएको छलफलमा वादविवाद हुँदा आक्रोशित बन्दै उनले बरैमाथि हातपात गरी कुटेकोले पक्राउ गरिएको बारा प्रहरीका प्रवक्त डिएसपी राजेन्द्रबाबु रेग्मीले जानकारी दिए। 

पुर्वसभासद् कुशवाहालाई हाल जिल्ला प्रहरी कार्यालय कलैयामा राखी थप अनुसन्धान भइरहेको उनले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell