PahiloPost

Jun 8, 2025 | २६ जेठ २०८२

प्रचण्डसहित दुई पूर्व प्रधानमन्त्री चितवन जाँदै, सुरक्षा व्यवस्था कडा



पहिलोपोस्ट

प्रचण्डसहित दुई पूर्व प्रधानमन्त्री चितवन जाँदै, सुरक्षा व्यवस्था कडा

राजेन्द्र आचार्य

चितवन
: चितवनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित दुई पूर्व प्रधानमन्त्री आउने भएपछि सुरक्षा व्यवस्थालाई कडा पारिएको छ।  

वैशाख ३१ को स्थानीय तहको निर्वाचनको चुनावी सभाका लागि प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेर बहादुर देउवा संयुक्त चुनावी सभालाई सम्बोधन गर्न भरतपुर माहानगरको केन्द्रीय बस टर्मिनलमा सहभागी हुँदैछन्। 

यस्तै, पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नारायणगढको पोखरा बसपार्कमा हुने चुनावी आमसभालाई सम्बोधन गर्न चितवन आउने कार्यक्रम छ। शीर्ष नेता आउने भएपछि सुरक्षा व्यवस्थालाई निकै कडा पारिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

एमाले अध्यक्ष ओली बिहान ११ बजेको यति एयरलाइन्सबाट तथा प्रचण्ड र देउवा ११ : ५० को बुद्ध एयरमार्फत चितवनमा आउने कार्यक्रम रहेको छ ।


जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दिपक थापाका अनुसार चुनावका लागि जिल्लामा चार तहको सुरक्षा व्यवस्था गरिएको छ। चुनावी सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, म्यादी प्रहरी खटिनेछन्। राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी पनि मैदानमा खटिनेछन्। चितवनमा बाहिरी घेरामा बस्ने सेनाको संख्या भने खुलाईएको छैन्।

भरतपुर महानगरपालिकाको प्रमुख तथा उपप्रमुख पदमा कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएपछि दुबै पार्टीका शीर्ष नेतृत्व एकै मञ्चबाट सम्बोधन गर्न आउन लागेका हुन्। प्रचण्ड देउवा आउनुअघि २९ वडाबाट ¥याली निकाल्ने कार्यक्रम छ। 

एमालेले पनि आफ्नो चुनावी आमसभाको तयारी गरेको छ। एमालेका अध्यक्ष ओली र महासचिव ईश्वर पोखरेल आउने कार्यक्रम छ। विहान चुनावी सभालाई साढे ११ बजे नारायणगढमा आमसभा गर्ने कार्यक्रम रहेको एमाले चितवनले जनाएको छ।

दुवै पक्षका नेतृत्वले र्‍याली र प्रचारका कार्यक्रममा संयमता अपनाउन कार्यकर्तालाई निर्देशन दिएका छन्। 

चितवनमा चुनावी तालमेलपछि रुष्ट बनेका कार्यकर्तालाई तालमेलको औचित्य स्पष्ट पार्न कांग्रेस माओवादीका शीर्ष नेता चुनावी सभामा सहभागी हुन लागेका हुन्। 

भरतपुर महानगरमा काग्रेस मओवादीको तर्फबाट प्रचण्ड पुत्री रेणु दाहाल मेयरमा र काग्रेसकी जिल्ला महिला संघकी अध्यक्ष समेत रहेकी पार्वती शाहलाई उपमेयरको प्रतिस्पर्धामा छन्। एमालेले सल्लाहकार समेत रहेका देवी ज्ञावलीलाई मेयर र दिव्य शर्मा आचार्यलाई उपमेयरको उम्मेद्वार बनाएको छ। ज्ञवाली भरतपुर नगरका पूर्व उपमेयर पनि हुन्।


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell