
पोखराः कास्कीका सवै मतदान केन्द्रमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेका छन्।
कर्मचारी मतदानस्थल पुगेर भौगोलिक अवस्था र मतदान केन्द्रको व्यवस्थापनको तयारीमा जुटेका छन्।
निर्वाचनका लागि आवश्यक मतपत्र, मतपेटिका, स्वस्तिक छाप, मसी, अनुसूची फारमलगायत ६५ प्रकारका सामाग्रीसहित कर्मचारी मतदानस्थलमा खटिएका हुन्।
निर्वाचनका लागि एक हजार सात सय २३ कर्मचारी खटिएको क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ।
कास्कीमा एक महानगरपालिका र ४ गाउँपालिका छन्। तोकिएका निर्वाचनस्थलमा खटिएका कर्मचारीले सर्वदलीय बैठक आह्वान गरी आजदेखि निर्वाचनको अघिल्लो दिनसम्म मतदाता परिचय पत्र वितरण गर्ने क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ।
क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार पाँच सय भन्दा बढी मतदाता रहेका मतदान केन्द्रमा छ जना र सो भन्दा कम मतदाता रहेका केन्द्रमा पाँच जनाका दरले कर्मचारी खटिएका छन् । कास्कीमा दुई सय ८८ मतदान केन्द्र कायम छन्।
सबैभन्दा बढी पोखरा महानगरपालिकामा २ सय १० मतदान केन्द्र छन् ।