
चर्चित फिल्म बाहुबली २ इन्टरनेटमा राखिएपछि तमिल फिल्म निर्माताहरुले त्यस्ता वेवसाइट विरुद्ध प्रहरीमा उजुरी गरेका छन्।
इण्डियन एक्सप्रेसका अनुसार तमिल फिल्म निर्माता काउन्सिलले तमिल रकर्स वेवसाइट विरुद्ध उजुरी दिएका हुन्। वेवसाइटले एसएस राजामौली निर्देशित फिल्म बाहुबली २ वेवसाइटमा राखेको थियो। फिल्म पाइरेसी हुनुले करोडौको घाटा भएको फिल्म युनिटको दाबी छ। ओभरसिज थिएटर राइट्स र अन्य प्रदर्शनमा पाइरेसीले असर गर्ने फिल्म युनिटले बतायो।
उनीहरुले अन्य वेवसाइट विरुद्ध पनि प्रहरी कमिसनर करन सिंह विरुद्ध उजुरी गरेको जनाइएको छ। निर्माता काउन्सिलले बाबुहली २ अपलोड गरेको आइपी एड्रेसहरु उपलब्ध गराएका हुन्।
एसएस राजमौली निर्देशित फिल्म बाहुबली २ ले अझै अत्याधिक दर्शक फ्लो पाएको छ। प्रदर्शनको ११ दिनमा फिल्मको वर्ल्डवाइड ग्रस कलेक्शन ११०० करोड गर्यो, जुन कमाई अपेक्षितभन्दा धेरै भएको निर्माण युनिटले समेत जनाएको छ।
फिल्मले कम्तिमा ३ हप्ता विश्वव्यापी रुपमा शो पाउने अनुमान फिल्म क्रिटिक्श तरण आदर्शले गरेका छन्। चार भाषामा सार्वजनिक फिल्म बाहुबली २ को हिन्दी भर्सनको कमाई ३५० करोडको हाराहारीमा पुगेको छ। फिल्ममा प्रभास, राणा दग्गुबती, अनुष्का शेट्टी, तमन्ना भाटिया, सत्यराज लागयतका कलाकारहरुको अभिनय देख्न सकिन्छ।
फिल्मको तेस्रो संस्करण साथै टेलिसिरिज पनि घोषणा भएको छ।