PahiloPost

May 14, 2025 | १ जेठ २०८२

मतदाता परिचयपत्र वितरण आजदेखि, मतदान केन्द्रबाट परिचयपत्र लिन सकिने



पहिलोपोस्ट

मतदाता परिचयपत्र वितरण आजदेखि, मतदान केन्द्रबाट परिचयपत्र लिन सकिने

काठमाडौँ : निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनको मतदाता परिचयपत्र वितरण आजदेखि सुरु गरेको छ। आयोगले बिहीबार र शुक्रबार दुई दिनभित्र परिचयपत्र लिन मतदातालाई आग्रह गरेको छ। 

मतदाता परिचयपत्र सम्वन्धित जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय र सम्वन्धित मतदान केन्द्रबाट वितरण हुनेछ। देशभरका मतदान केन्द्रबाट मतदाताले आफ्नो वैयक्तिक विवरण समेटिएको परिचयपत्र पाउन सक्नेछन्।

परिचयपत्र बुझ्न स्वयम व्यक्ति वा अख्तियार प्राप्त व्यक्ति हुनुपर्नेछ। 

मतदाता परिचयापत्र नभएका व्यक्तिले मतदाता नामावलीमा नाम भए पनि मतदानमा भाग लिन पाउनेछैनन्। तर, दोस्रो संविधानसभा निर्वाचनमा स्थानीय स्तरमा दलीय सहमतिमा नामावलीमा नाम समावेश भएको तर, प्राविधिक कारणले परिचयपत्र नभएको अवस्थामा नागरिकतालाई आधार मानेर पनि मत दिने व्यवस्था गरिएको थियो।   
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell