PahiloPost

Apr 27, 2026 | १४ बैशाख २०८३

'आधा लभ'को रचनात्मक प्रतियोगिता, पुरस्कारमा फिल्मको टिकट



पहिलोपोस्ट

'आधा लभ'को रचनात्मक प्रतियोगिता, पुरस्कारमा फिल्मको टिकट

काठमाडौं: फिल्म 'आधा लभ' युनिटले रचनात्मक प्रतियोगिता आयोजना गरेको छ। आउँदो जेठ २६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मले प्रचार प्रसार अस्तुको रुपमा 'आधा लभ' शिर्षकमा कुनै पनि विधाको लेख रचना प्रतियोगिता घोषणा गरेको हो।

अभिनेत्री ऋचा शर्माको निर्माण रहेको फिल्मको केहि दिन अघि ट्रेलर सार्वजनिक भएको थियो। ऋचा शर्माले 'आधा लभ' शिर्षकमा आफूले लेखेका कथा, कविता, मुक्तक, निबन्ध वा जुनसुकै खालका रचनाहरु पठाउन आग्रह गरेकी हुन्।

जेठ १८ गतेसम्म पेश हुने कुनै पनि रचना प्रतियोगिताको लागि स्विकार्ने हुने बताइएको छ। विजेतालाई पुरस्कारहरु रहेको नायिका शर्माले जानकारी दिइन्। जसमध्य फिल्मको टिकट पनि पुरस्कारको रुपमा रहने बताइएको छ। आफ्नो रचना प्रतियोगीले फिल्म युनिटले सार्वजनिक गरेको इमेल [email protected] मा पठाउन सक्नेछन्।

'आधा लभ'लाई अभिनेता अर्पण थापाले निर्देशन गरेका हुन्। अर्पण र ऋचा दुबैको फिल्ममा मुख्य अभिनय रहेको छ। ऋचा र अर्पणसँगै मिथिला शर्मा, टीका पहारी, रेमनदास श्रेष्ठ, रोजिशा शाही, विपिन मिक्की गुरुङ लगायतको पनि अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell