PahiloPost

May 14, 2025 | १ जेठ २०८२

जस्टिन बिबरले भने 'थ्यान्क्यु इन्डिया, म फेरि आउँछु'



पहिलोपोस्ट

जस्टिन बिबरले भने 'थ्यान्क्यु इन्डिया, म फेरि आउँछु'

इन्डियामा हुने भनेको जस्टिन बिबरको पर्पोज टूर सम्पन्न भएको छ। बुधबार राती मुम्बईको डी वाई पाटिल स्टेडियममा जस्टिनको कन्सर्ट सम्पन्न भएको हो। 

उनको 'पर्पोज वल्ड टूर' अन्तर्गतको कन्सर्ट इन्डियामा पहिलोपटक भएको हो। आफ्नो चौथो एल्बम 'पर्पोज'को प्रचारका लागि उनी संसारका विभिन्न ठाउँमा शो गर्दै हिडेका छन्। सन् २०१६ को मार्चमा सुरु भएको टूर २०१७ को सेप्टेम्बर मा समापन हुनेछ। उनले यसअघि 'बिलिभ' एल्बम प्रचारका लागि 'बिलिभ टूर' आयोजना गरेका थिए।

क्यानडाका २२ वर्षिय गायक जस्टिनले आयोजित कार्यक्रमको अन्त्यमा इन्डियन फ्यानलाई सम्बोधन गर्दै भने,'थ्यान्क्यु इन्डिया, म फेरी आउँछु।' बुधवार राती ८:१५ मा सुरु भएको कार्यक्रम उत्साहपुर्वक रुपमा सम्पन्न भएको बिबिसी हिन्दी ले जनाएको छ।

कन्सर्टमा उनले सरी, कोल्ड, वाटर, आइ विल शो यु, ह्वेर आर यु नाउ, बेबी लगायतको गीत गाएका उल्लेख गरिएको छ। 

५० हजार भन्दा बढी दर्शकको सहभागिता रहेको कार्यक्रम २ घण्टा लामो रह्यो। 

कार्यक्रम हुनु अघि जस्टिन मुम्बईको एक अनाथ आश्रममा गएर बालबालिकासँग समय बिताएका थिए। उनले एक मलमा घुमफिर समेत गरे।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell