PahiloPost

May 14, 2025 | १ जेठ २०८२

आइपीएल क्रिकेट : गुजरातमाथि दिल्लीको दुई विकेटको जित



पहिलोपोस्ट

आइपीएल क्रिकेट : गुजरातमाथि दिल्लीको दुई विकेटको जित

कानपुर : आइपिएल क्रिकेट अन्तर्गत गएरातिको खेलमा दिल्ली डेयरडेविल्स २ विकेटले विजयी भएको छ। गुजरातले दिएको १९६ रनको लक्ष्य दिल्लीले २ बल अघि नै भेट्टाएको हो।

जितसँगै दिल्ली १० अंकसहित छैटौँ स्थानमा उक्लिएको छ। गुजरात सातौँ स्थानमा छ। दुवै टिमको प्लेअफमा पुग्ने सम्भावना भने छैन। 

टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९५ रन बनाएको थियो। गुजरातको इनिङमा आरोन फिन्चले ६९ र दिनेश कार्तिकले ४० रनको योगदान दिए। ओपनर इसान किशनले ३४ रन बनाए। 

१९६ रनको लक्ष्य पछ्याएको दिल्लीका लागि श्रेयस ऐयरले ९६ रन बनाएर। शतकीय इनिङका लागि चार रन आवश्यक भएको अवस्थामा ऐयर अन्तिम ओभरमा बसिल थम्पीबाट बोल्ड भए। दिल्लीको इनिङमा ओपनर करुण नायरले ३० तथा पाट कुमिन्सले २४ रनको योगदान दिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell