
काठमाडौः राष्ट्रपति विद्यादेवी भण्डारीको शुक्रवार हुने श्रीलंका र थाइल्याण्ड भ्रमणका सन्दर्भमा प्रमुख दलका नेताहरुबीच छलफल भएको छ।
आज विहान राष्ट्रपति भवन शीतल निवासमा भएको छलफलमा नेताहरुले राष्ट्रपति भण्डारी भ्रमणको बारेमा राय सुझावसहित भ्रमणको सफलताको शुभकामना दिएका थिए।
छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एवम् पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, उपप्रधानमन्त्री विजयकुमार गच्छदार, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राजपा नेपालका नेता महन्थ ठाकुर सहभागी थिए।